दफा
खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण गर्ने
(१) नेपाल सरकारले समय-समयमा नेपाल राजपत्रमा सूचना प्रकाशन गरी खाद्य पदार्थको स्वच्छता तथा गुणस्तर निर्धारण गर्नेछ।

(२) उपदफा (१) बमोजिम निर्धारण गरिएको स्वच्छता तथा गुणस्तर कायम गर्नु, गराउनु सम्बन्धित सबैको कर्तव्य हुनेछ।